२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जेनजी समुहको प्रस्ताव : ‘पूर्वप्रधानन्यायाधीश शुशीला कार्की नेतृत्वमा नागरिक सरकार बनाऔं’



काठमाडौं । जेनजी प्रतिनिधिहरुको एक समुहले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीस शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । नेपाली सेनाको जंगीअड्डामा भएको बैठकपछि जेन जी समुहको एक समुहले कार्की नेतृत्वमा नागरिक सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको हो ।
सो प्रस्तावलाई नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको भएपनि त्यस सम्बन्धमा सेनाले कुनै प्रतिक्रिया दिएको छैन । एक उच्च सैनिक अधिकृतका अनुसार जेनजी समुहबाट पूर्व प्रधानन्यायाधीश कार्कीको नाम आएको तर प्रधानसेनापति सिग्देलले जेनजीकै अर्को समूहसँग समेत कुरा जारी राखेका छन् ।
आधिकारीक प्रस्ताव सम्बन्धमा बुधबार दिनभर जनेजी युवाले भर्चुवल सम्बाद गरेका थिए । उनीहरुले गरेको सम्बादमाकेही अन्य नाम आएपनि कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छलफलमा सहभागी एक प्रतिनिधिले बताए ।
सेनाले भने जेनजीकै अर्को समुहसँग सम्बाद पनि जारी राख्ने र पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत सम्वाद गर्ने जनाएको छ ।
मंगलबार बेलुकी काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले सेना प्रमुखसँग वार्ता गर्ने तयारी गर्न भन्दै समाजिक सञ्जालमा स्टाटस हालेपनि सरकारको नेतृत्वको विषयमा उनको पक्षमा कमजोर समर्थन प्राप्त भएको बताइएको छ ।
१५ जनाको समुह बनाएर बुधबार बिहान वार्ताका लागि जेनजी प्रतिनिधि जंगीअड्डा पुगेपनि प्रधानसेनापति सिग्देलले संयोजक तोकेर आपसमा सहमति गरेर वार्ता गर्न आउन भनेका थिए । त्यसपछि जेनजी प्रतिनिधिहरुले जंगीअड्डाकै एउटा कोठाबाट भर्चुवल बैठक संचालन गरेका थिए ।
त्यसक्रममा कतिपयले संबैधानिक राजतन्त्रको प्रस्ताव उठाएको भन्दै रक्षा बमसहितको समूह सो प्रस्तावमा असहमति राख्दै बाहिरिएको थियो । बैठकले अन्तमा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ७ : ४१ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न