२६ बैशाख २०८३, शनिबार | May 9, 2026

जेनजी समुहको प्रस्ताव : ‘पूर्वप्रधानन्यायाधीश शुशीला कार्की नेतृत्वमा नागरिक सरकार बनाऔं’



काठमाडौं । जेनजी प्रतिनिधिहरुको एक समुहले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीस शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । नेपाली सेनाको जंगीअड्डामा भएको बैठकपछि जेन जी समुहको एक समुहले कार्की नेतृत्वमा नागरिक सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको हो ।
सो प्रस्तावलाई नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको भएपनि त्यस सम्बन्धमा सेनाले कुनै प्रतिक्रिया दिएको छैन । एक उच्च सैनिक अधिकृतका अनुसार जेनजी समुहबाट पूर्व प्रधानन्यायाधीश कार्कीको नाम आएको तर प्रधानसेनापति सिग्देलले जेनजीकै अर्को समूहसँग समेत कुरा जारी राखेका छन् ।
आधिकारीक प्रस्ताव सम्बन्धमा बुधबार दिनभर जनेजी युवाले भर्चुवल सम्बाद गरेका थिए । उनीहरुले गरेको सम्बादमाकेही अन्य नाम आएपनि कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छलफलमा सहभागी एक प्रतिनिधिले बताए ।
सेनाले भने जेनजीकै अर्को समुहसँग सम्बाद पनि जारी राख्ने र पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत सम्वाद गर्ने जनाएको छ ।
मंगलबार बेलुकी काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले सेना प्रमुखसँग वार्ता गर्ने तयारी गर्न भन्दै समाजिक सञ्जालमा स्टाटस हालेपनि सरकारको नेतृत्वको विषयमा उनको पक्षमा कमजोर समर्थन प्राप्त भएको बताइएको छ ।
१५ जनाको समुह बनाएर बुधबार बिहान वार्ताका लागि जेनजी प्रतिनिधि जंगीअड्डा पुगेपनि प्रधानसेनापति सिग्देलले संयोजक तोकेर आपसमा सहमति गरेर वार्ता गर्न आउन भनेका थिए । त्यसपछि जेनजी प्रतिनिधिहरुले जंगीअड्डाकै एउटा कोठाबाट भर्चुवल बैठक संचालन गरेका थिए ।
त्यसक्रममा कतिपयले संबैधानिक राजतन्त्रको प्रस्ताव उठाएको भन्दै रक्षा बमसहितको समूह सो प्रस्तावमा असहमति राख्दै बाहिरिएको थियो । बैठकले अन्तमा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ७ : ४१ बजे

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले