७ आश्विन २०८३, बुधबार | September 23, 2026

बासस्थान खलबलिँदा चराको सङ्ख्या घट्ने चिन्ता



देउखुरी । पछिल्लो समय यहाँ बासस्थान खलबलिदा चराको सङ्ख्या घट्दै गएको छ । यहाँ कतिपय चराको सङ्ख्या न्युन भइरहेको छ भने केही चरा लोपोन्मुख अवस्थामा पुगेका छन् । घोराही उपमहानगरपालिका-९ निवासी ७२ वर्षीया पार्वता शर्मा चराको सङ्ख्या कम हुँदै गएको बताउँछिन । उनी भन्छिन, “पहिले गाउँमा ९खर० फुसका छाना हुन्थे, चराले त्यसैमा गुड बनाएर बचेरा कोरल्ने र हुर्काउने गर्थे । बिहान मिर्मिरेमा चराको चिरबिर आवाज गुन्जिँदा छुट्टै आनन्द हुन्थ्यो । कहिलेकाहीँ चराको आवाजले बिहानीको निद्रा खुल्ने गर्थ्यो ।”

उनलाई अझै सम्झना छ, केही समयअघि आँगनभरी थरीथरीका चारा आउथे । मङ्सिरमा आगनमा धान ल्याएपछि चराहरू झन थपिँदै जान्थे । पछिल्लो समय चराको चिरबिर कम भएको शर्माले बताए । चराको बासस्थान खलबलिएकाले अचेल त्यस्तो आवाज खासै नसुनिने गरेको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका-६ का ६५ वर्षीय वीरबहादुर चौधरीले चराको बासस्थान घट्दै गएका कारण सङ्ख्या पनि कम हुँदै गएको बताए । “भँगेराको चिरबिर र कोइलीको कुहुकुहु आवाज हराउँदै गएको छ । पक्की घरका कारण पनि घरमा बस्दै आएका चरा कम भएका छन् । गौथली, परेवा, भँगेरा, मैना जस्ता चराले फुसको छानोमा गुड बनाउने गर्थे । अहिले सबै घर पक्की भएपछि गुड लगाउने ठाउँको कमी भएको छ”, उनले भने ।

एकातिर रुख हुने स्थानमा घरैघर छन्, भएका घर पनि सिमेन्टले बनेका चरामैत्री छैनन् । जसले गर्दा समस्या आएको धेरैको भनाइ छ । चराविज्ञ आनन्द चौधरी रैथाने चराको सङ्ख्यामा कमी आएको बताउँछन । चराहरू बसाइँसराइ गर्ने र आगन्तुक चरा नेपालमा आउने क्रम भने बढेको उनको भनाइ छ । यसरी आउने आगन्तुक चराका लागि यतै बस्ने वातावरण मिलाउनसके चराको सङ्ख्या बढ्ने चौधरीको बुझाइ छ ।

“चराहरू लामो यात्राको प्रयास गर्ने, आराम गर्ने त छँदैछ, पछिल्लो समय जलवायु परिवर्तनका हिसाबले पनि समस्या भयो । चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनास, जलवायु परिवर्तन, भौतिक पूर्वाधार पनि हुन्”, उनले भनने, “चरा खतराको सूचक मात्रै होइन, अवसर पनि हो । यिनको संरक्षणका लागि सोच्नुपर्ने आवश्यकता छ ।”

यसका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्त्वबारे आमनागरिकलाई जानकारी गराएर संरक्षण अभियान सञ्चालन गर्नुपर्ने चराविज्ञ चौधरीको धारणा छ । आगन्तुक चराका लागि अतिआवश्यक बासस्थानको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेत बनाउने विषयमा सबैले लाग्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ९ : २२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज