१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आज राती १० बजेबाट सिङ्गो बाँके जिल्ला निषेधित क्षेत्र घोषणा



नेपालगन्ज । बाँके जिल्ला प्रशासनले आज राती १० बजेबाट अनिश्चितकालका लागि जिल्लै भरि लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ । गते २४ गते जारी आदेशको समिक्षा गर्दै प्रशासनले अर्को आदेश नहुँदा सम्मका लागि आज रातीबाट निषेधाज्ञाको आदेश जारी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जारी गरेको आदेशमा गत भाद्र २४ गते जारी निषेधाज्ञा सम्बन्धी सुचनाको कार्यान्वयन अवस्था, जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई दृष्टिगत गर्दा जिल्लाका विभिन्न सार्वजनिक, सरकारी एवम् नीजि संरचना र सम्पत्तिको सुरक्षा गर्नुपर्ने, टेलिकम, विद्युत, वडा कार्यालय, प्रहरी चौकी सगायतका सार्वजनिक निकायहरुमा तोडफोड, आगजनी, हुलदंगा गर्ने उदेश्य एवम् मनशाय राखी भेला जम्मा हुने, चोरी, डकैती लगायतका आपराधिक क्रियाकलाप गर्ने मनसायले संगठित हुने कार्य निरुत्साहित र नियन्त्रण गरि शान्ति सु-व्यवस्था थप विश्वसनिय र सुदृढ तुल्याउन आपराधिक मनोवृत्तिका व्यक्तिहरु भेलाभई आपराधिक कार्य हुन/गर्न नदिने प्रयोजनका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

भाद्र २६ गते राती १० बजेदेखी बांके जिल्ला भरी अर्को आदेश वा सुचना जारी नभएसम्मको लागि निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधाज्ञामा कुनै प्रकारको जुलुस प्रदर्शन, सभा सम्मेलन एवम् पांच जना भन्दा बढी व्यक्ति भेला जम्मा हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा १ (क) र ३ (क) बमोजिम निषेधाज्ञा जारी भएको जनाइएको छ  ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ३ : २३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले