१४ भदौ २०८३, आइतबार | August 30, 2026

संवैधानिक दायरामा रहेर संकट समाधानमा सहमति खोज्न प्रयासरत छु : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विपतपूर्ण परिस्थितिमा संवैधानिक दायरामा रहेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति–सुरक्षाको स्थिति कायम गर्न आवश्यक विचार–विमर्श र प्रयास भइरहेको बताए। आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न ढिलाइ गर्नु ठिक नहुने भन्दै उनले समस्याको शीघ्र समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रपतिले मुलुकमा सहमति कायम गरेर शान्ति र स्थिरता सुनिश्चित गर्न सबै राजनीतिक दल र पक्षलाई सहयोग गर्न अपिल गरेका छन्। “संविधानको दायरामा रही समस्या समाधानतर्फ अघि बढ्नुपर्छ,” वक्तव्यमा उल्लेख छ।

साथै, उनले देशमा देखिएको असन्तोष र अशान्ति अन्त्य गर्न संवाद, सहमति र आपसी समझदारीमार्फत मार्ग निकाल्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ३ : २७ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा