८ चैत्र २०८२, आइतबार | March 22, 2026

सेनाबारे आएको भ्रामक र झूटा समाचारको विश्वास नगर्न सेनाको आग्रह



काठमाडौँ । नेपाली सेनाले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका सेनाबारे भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाली सेनाले आफ्नो जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा सेनाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा आधिकारिक सूचनाका लागि तोकिएका निकायहरूसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ ।

‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

सेनासम्बन्धी कुनै पनि सूचना आवश्यक परेमा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग वा स्थानीय स्तरमा रहेका विभिन्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने जानकारी पनि सेनाले विज्ञप्तिमार्फत दिएको छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १० : ०६ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड