१७ माघ २०८२, शनिबार | January 31, 2026

सेनाबारे आएको भ्रामक र झूटा समाचारको विश्वास नगर्न सेनाको आग्रह



काठमाडौँ । नेपाली सेनाले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका सेनाबारे भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाली सेनाले आफ्नो जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा सेनाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा आधिकारिक सूचनाका लागि तोकिएका निकायहरूसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ ।

‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

सेनासम्बन्धी कुनै पनि सूचना आवश्यक परेमा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग वा स्थानीय स्तरमा रहेका विभिन्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने जानकारी पनि सेनाले विज्ञप्तिमार्फत दिएको छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १० : ०६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक