११ श्रावण २०८३, सोमबार | July 27, 2026

भैरहवामा शान्ति र सद्भाव र्‍याली



भैरहवा । देशमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यका साथ भैरहवामा शान्ति र सद्भाव र्‍याली सम्पन्न भएको छ ।

लुम्बिनी प्रेस क्लबको संयोजन र विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको ¥यालीमार्फत देशमा भइरहेको ‘जेनजी’ आन्दोलनपछि शान्ति कायम गर्न आह्वान गरिएको छ ।

बेलहियास्थित नेपाल–भारत सिमानाबाट सुरु भएको र्‍याली बुद्धचोकमा पुगेर समापन भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले शान्तिको महत्व र सद्भाव कायम राख्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

कार्यक्रममा ‘जेनजी’ पुस्ताका सागर ज्ञवालीले देश नयाँ पुस्ता र व्यवस्थामा गइसकेकाले आन्दोलन र तोडफोडको स्थानमा नयाँ नेपाल बनाउनतर्फ लाग्नुपर्ने बताए । उनले हाल बजार चलायमान बनाउन शान्ति अपरिहार्य रहेकाले शान्तीपूर्वक बजार सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवापुस्ताले गरेको आन्दोलनपछि अब सम्हालिएर अगाडि बढ्नुपर्ने बताए ।

यस्तो अवस्थामा युवाको जायज मागलाई पूरा गर्दै देशमा शान्ति सद्भाव कायम होस् भन्ने उद्देश्यले र्‍यालीको आयोजना गरिएको बताए । देशैभरि सद्भाव कायम गर्न सन्देश दिने उद्देश्य रहेको र ‘जेनजी’ पुस्ताले नै यसको अगुवाइ गरेको बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले देशको विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेको र सबै मिलेर सद्भावको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

र्‍यालीमा लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्श, सिद्धार्थ सञ्जाल, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थ होटल सङ्घ, भैरहवा मर्निङवाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालीलगायत संस्थाको सहभागिता थियो ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १ : १३ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न