२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जेनजी अगुवा सुदन शीतल निवासमा कुरेको कुरै, संसद बिघटन मुद्दामा अल्झियो निकाश



काठमाडौं । जेनजी आन्दोलनको माग सम्बोधन हुनेगरि बैधानिक बाटोबाट समाधान खोजिरहेका राष्ट्रपति रामचन्द्र पौडेल भेट्न पुगेका जेनजी समुहका अगुवा सुदन गुरुङले ९ घण्टा देखि प्रपतक्षा गर्दा पनि भेट हुन नसकेको गुनासो गरेका छन् । उनलाई वार्ताका लागि भन्दै शीतलनिवास बोलाए पनि राष्ट्रपतिसँग भेट हुन नसकेको उनले बताएका छन् ।

सुदनले सामाजिक सञ्जालमा लेख्दै आफुले कुनै कर्मचारी वा मध्यस्थकर्ताहरूसँग कुरा नगर्ने, राष्ट्रपतिसँग सिधै भेट्ने र एकल छलफल पनि अस्वीकार गर्ने अडानमा दृढ रहेको स्पष्ट पारेका छन् । जेनजी टोली र यस आन्दोलनको आवाज सँगै उपस्थित हुनुपर्ने उनको माग छ ।

जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेपनि कार्कीले जेनजी पुस्ताको भावना भन्दै संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त राखेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया गिजोलिएको छ ।

कार्कीले गयराती देखि नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्।

जेनजीको माग, मर्म र भावनाअनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडान राखेर गएराति उनी शीतलनिवासबाट निस्किएकी थिइन्। उनले आफु वार्तामा नबस्ने पनि अडान लिएकी छन् ।

तर संसद् विघटन नगर्न पुराना राजनीतिक दल, संघीय संसद्का दुवै सदनका प्रमुखहरूको राष्ट्रपतिलाई दबाब छ । संविधानभित्रैबाट समाधान खोज्न भनेका छन्।

हालको संविधानमा संसदबाहिरबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था छैन। संसद्को बहुमत प्राप्त गर्न सक्ने सांसद वा पहिलो संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था संविधानको धारा ७६ मा छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ४ : ५८ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न