२० बैशाख २०८३, आइतबार | May 3, 2026

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको शुभकामना



काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले शुभकामना दिएका छन् ।

मोदीले समाजिक सञ्जाल एक्समार्फत कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेकोमा सफलताको शुभकामना दिएका हुन् ।

मोदीले नेपाली भाषामा लेख्दै भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’

कार्कीले आफुलाई जेनजीले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने वित्तिकै भारतीय सञ्चारमाध्यमहरुलाई अन्तर्वार्ता दिँदै आफ्नो भारतीय प्रधानमन्त्री मोदीसँग राम्रो सम्बन्ध रहेको प्रतिक्रिया दिएकी थिइन ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ९ : ५६ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर