काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले शुभकामना दिएका छन् ।
मोदीले समाजिक सञ्जाल एक्समार्फत कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेकोमा सफलताको शुभकामना दिएका हुन् ।
मोदीले नेपाली भाषामा लेख्दै भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’
कार्कीले आफुलाई जेनजीले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने वित्तिकै भारतीय सञ्चारमाध्यमहरुलाई अन्तर्वार्ता दिँदै आफ्नो भारतीय प्रधानमन्त्री मोदीसँग राम्रो सम्बन्ध रहेको प्रतिक्रिया दिएकी थिइन ।


















प्रतिक्रिया