१४ भदौ २०८३, आइतबार | August 30, 2026

‘अब अन्याय हुँदैन भन्ने’ आशासहित फेरि कारागार फर्किए रवि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि कारागार फर्किन लागेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कारागार फर्किन लागेको जानकारी सार्वजनिक गरेका हुन्।

लामिछानेले आफ्नो जन्मदिनकै दिन कारागार फर्किन लाग्नु संयोग भएको उल्लेख गर्दै लेखेका छन्, “आज मेरो जन्मदिन रहेछ। म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।”

उनले पछिल्लो सरकारले चरम राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै आफूलाई अन्यायपूर्ण रूपमा मुद्दा थोपारिएको दाबी गरेका छन्। लामिछानेका अनुसार, सहकारी प्रकरणसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई समेत संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दा लगाउनु सरकारको विवेकमा भर पर्ने विषय हो।

उनले भने, “आज न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय हुँदैन भन्ने आशासहित म कारागार जाँदैछु। आशा छ, सबैभन्दा बढी कानुन मान्ने व्यक्तिलाई कमजोर बनाउने वा बदनाम गर्ने प्रवृत्ति दोहोरिँदैन।”

सहकारी ठगी आरोपमा लामिछाने नख्खु कारागारमा थुनिएका थिए। तर जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको दबाबमा उनी रिहा भएका थिए। सो रिहाइप्रति व्यापक आलोचना भएपछि उनी फेरि कारागार फर्किन लागेका हुन्।

यसअघि नख्खु कारागार प्रशासनले भदौ २४ गते बाहिरिएका सबै कैदीबन्दीलाई जेलमै फिर्ता हुन निर्देशनात्मक सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ६ : ०३ बजे

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका