१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘अब अन्याय हुँदैन भन्ने’ आशासहित फेरि कारागार फर्किए रवि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि कारागार फर्किन लागेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कारागार फर्किन लागेको जानकारी सार्वजनिक गरेका हुन्।

लामिछानेले आफ्नो जन्मदिनकै दिन कारागार फर्किन लाग्नु संयोग भएको उल्लेख गर्दै लेखेका छन्, “आज मेरो जन्मदिन रहेछ। म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।”

उनले पछिल्लो सरकारले चरम राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै आफूलाई अन्यायपूर्ण रूपमा मुद्दा थोपारिएको दाबी गरेका छन्। लामिछानेका अनुसार, सहकारी प्रकरणसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई समेत संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दा लगाउनु सरकारको विवेकमा भर पर्ने विषय हो।

उनले भने, “आज न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय हुँदैन भन्ने आशासहित म कारागार जाँदैछु। आशा छ, सबैभन्दा बढी कानुन मान्ने व्यक्तिलाई कमजोर बनाउने वा बदनाम गर्ने प्रवृत्ति दोहोरिँदैन।”

सहकारी ठगी आरोपमा लामिछाने नख्खु कारागारमा थुनिएका थिए। तर जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको दबाबमा उनी रिहा भएका थिए। सो रिहाइप्रति व्यापक आलोचना भएपछि उनी फेरि कारागार फर्किन लागेका हुन्।

यसअघि नख्खु कारागार प्रशासनले भदौ २४ गते बाहिरिएका सबै कैदीबन्दीलाई जेलमै फिर्ता हुन निर्देशनात्मक सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ६ : ०३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा