९ माघ २०८२, शुक्रबार | January 23, 2026

जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलायो



धनुषा । जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।

संसदीय दलका नेता महेशप्रसाद यादवले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका छन् ।

उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका छन् ।

संसदीय दलका नेता यादवले सरकारबाट बाहिरिएको सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको जानकारी दिए । यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमै राजीनामा दिएका थिए, तर प्रदेश प्रमुखको कार्यालयमा लिखित राजीनामा दिएका थिएनन् । आज केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले राजीनामा नदिने अडान लिएको भनीे आलोचना भएको थियो ।

यहाँ जनमत पार्टी नेतृत्वको सरकारमा नेकपा (एमाले), नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्तासाझेदार छन् ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  १० : ०७ बजे

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति

४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, एकको खारेजी

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका