काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालनको तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार हालैको असामान्य परिस्थितिका कारण बन्द भएका विद्यालयलाई पुनः सञ्चालन गर्ने उद्देश्यले तयारी थाल्न भनिएको हो ।
विद्यालय भवन तथा पूर्वाधारमा कुनै क्षति पुगे-नपुगेको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीहरूको अवस्था बुझ्न र तत्कालै बालबालिकालाई विद्यालयमा उपस्थित हुन आग्रह गर्न महानगरले सूचनामार्फत निर्देशन दिएको छ ।
यसअघि भदौ २३ र २४ गते विद्यालयमा क्षति मूल्यांकन र तयारीका लागि सूचित गरिसकेको महानगरले अब भौतिक रूपमा कक्षा सञ्चालनसँगै मनोसामाजिक परामर्शसमेत सुरु गर्ने जनाएको छ ।
महानगरले विद्यालयमा अभिभावकसँग आउन–जान नसक्ने विद्यार्थीका लागि भने अनलाइन कक्षा सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।



















प्रतिक्रिया