६ श्रावण २०८३, बुधबार | July 22, 2026

आज ६१ औँ राष्ट्रिय बाल दिवस, विशेष कार्यक्रम नहुने



काठमाडौं । आज ६१ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस वर्षको बाल दिवसको नारा “बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी” तय गरिएको छ । तर, हाल देश जेनजी आन्दोलनका कारण असामान्य अवस्थामा भएकाले विशेष औपचारिक कार्यक्रम भने आयोजना नहुने भएको छ ।

राष्ट्रिय बाल दिवस विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको हो । सोही दिन रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिनमा नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गर्दै अनाथ तथा टुहुरा बालबालिकाको संरक्षणको थालनी गरेकी थिइन् । २०६३ सालदेखि भने नेपालले सेप्टेम्बर १४ (सन् १९९० मा बाल अधिकार महासन्धि अनुमोदन गरेको दिन) लाई आधार मानी भदौ २९ गते बाल दिवस मनाउन थालेको हो ।

बाल अधिकारसम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट पारित भएको थियो । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेसँगै यसलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउन थालिएको हो ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । बाल बचाउ, संरक्षण, विकास र सहभागितालाई सुनिश्चित गर्दै सर्वाङ्गीण विकास गर्ने लक्ष्य लिइएको छ । साथै, नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताअनुसार बाल अधिकारसम्बन्धी नीति तथा कानुन बनाएर कार्यान्वयन गर्दै आएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले बाल विवाह तथा बालश्रम अन्त्य, सडक बालबालिकामुक्त राष्ट्र घोषणा, यौन हिंसाबाट पीडित बालबालिकाको उद्धार, अपाङ्गता भएका बालबालिकाको संरक्षण, बालगृह अनुमति तथा अनुगमन, वैकल्पिक सेवा प्रवर्द्धनलगायतका कार्य गर्दै आएको छ ।

यद्यपि, सबै बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्नु, बालमैत्री वातावरणको कमी, सडक बालबालिकाको समस्या, असहाय तथा अनाथ बालबालिकाको संरक्षणमा कमजोरी, बालश्रमको निरन्तरता, यौन हिंसा र दुर्व्यवहारका घटना अझै चुनौतीका रूपमा विद्यमान रहेको देखिन्छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ८ : ०४ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले