८ भदौ २०८३, सोमबार | August 24, 2026

रास्वपा नेता सुमनाले गरिन् पार्टी छाडेको घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपा छोडेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा लामो पोष्ट गर्दै उनले रास्वपा छाडेको घोषणा गरेकी हुन् ।

उनले आफु बिरुद्ध खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको उल्लेख गर्दै मनलाग्दी चलुन्जेल मनलाग्दी गर्न पनि भनेकी छन् । ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ उनले सञ्जालमा लेखेकी छन् ।

उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको जनाउँदै आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले भनेकी छन् ।

रास्वपामा सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको आरोप छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ ।’ उनले भनेकी छन् ।

कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू सोच्न आग्रह गर्दै लेखेकी छन्, ‘आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो ।’

समानुपातिक कोटाबाट बाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएकी थिइन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ५३ बजे

बाँकेमा थपिए एचआइभीका नयाँ संक्रमित

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जमा एचआइभीका नयाँ रोगी फेला परेका

कर्णाली मन्त्री छनौटमा नेकपा भित्र विवाद हुँदा शपथ स्थगित

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार