६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

आगजनी र तोडफोड कार्यमा माओवादी कार्यकर्ता संलग्न भेटिए सख्त कारवाही गर्नु : माओवादी केन्द्र



काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी प्रदर्शनका क्रममा भएका आगजनी तोडफोड गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न भएको पाइएमा सख्त कारवाही गर्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता अग्नी सापकोटाले आज उक विज्ञप्ति प्रकाशित गर्दै आगजनी र तोडफोडमा पार्टीको कार्यकर्ता संलग्न भएको पाइए पार्टीले पनि कारवाही गर्ने जनाएका छन् ।

विज्ञप्तिमा जेनजी पुस्ताले उठाएका मागहरू सम्बन्धमा माओवादी केन्द्रको नीति तथा धारणा अध्यक्ष प्रचण्डले सार्वजनिक अपिल प्रकाशित गर्दै स्पष्ट गरिसकेको उल्लेख गरिएको छ । आन्दोलन भित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरु घुसेर विध्वंस र वितण्डा मच्चाएको जनाउँदै विज्ञप्तिमा त्यस्ता कार्यको पार्टीद्वारा कडा शब्दमा विरोध र भ्रत्सर्ना गरिएको छ । विध्वंस र वितण्डाले आन्दोलनको मूल उद्देश्य र छबिलाई नै धुमिल बनाएको माओवादीको ठहर छ ।

‘माओवादी पार्टीको कार्यालयहरु, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएका छन् । त्यो तथ्य जनतासामु प्रष्ट छ । यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौ। तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

माओवादीले तकेही व्यक्ति तथा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यस्ता आधारहीन हल्ता फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्ने हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ८ : ३३ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३