७ आश्विन २०८३, बुधबार | September 23, 2026

गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नामपछि मध्यरातमा बालुवाटारमा नाराबाजि, प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग



काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागिसकेको भए पनि त्यसमा विवाद सुरु भएको छ । विशेषगरी कानुन तथा गृहमन्त्रीका रूपमा प्रस्तावित अधिवक्ता ओमप्रकाश अर्यालको नामलाई लिएर जेनजी अभियन्ता र समर्थकबीच असन्तोष देखिएको हो ।

आन्दोलनको नेतृत्व गर्दै आएका अभियन्ता सुदन गुरुङले आइतबार राति सार्वजनिक भएको एक भिडियोमार्फत अर्याललाई गृहमन्त्रीको रूपमा स्वीकार गर्न नसकिने बताएका छन् । बालुवाटार बाहिर उनका समर्थक र मृतकका आफन्तहरू समेत भेला भई प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । गुरुङले आन्दोलन ‘हाईज्याक’ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

गुरुङले भनेका छन्, “सबैभन्दा शक्तिशाली नेपाली जनता हुन्, कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर राखेका छौँ, त्यहीँबाट थुतेर निकाल्छौँ ।” उनले अर्यालले आफूलाई नै गृहमन्त्री बनाउन खोजेको आरोपसमेत लगाएका छन् ।

यसैबीच सामाजिक सञ्जालमा पनि अर्यालविरुद्ध विरोध चर्किएको छ । पूर्वसचिव भीम उपाध्यायले अर्यालले विगतमा गाई काट्न पाउनुपर्छ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको प्रसंग उठाउँदै उनी मन्त्री बन्न उपयुक्त नभएको टिप्पणी गरेका छन् । उनले कार्कीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा “यस्तो विवादास्पद व्यक्तिलाई मन्त्री बनाउनुभयो भने मुलुकले दुर्भाग्यपूर्ण अवस्था भोग्नुपर्नेछ” भनेका छन् ।

सर्वोच्च अदालतको २०६५ सालको एक आदेशमा निवेदकको नाममा ‘ओमप्रकाश’ उल्लेख भएपश्चात् यो विवाद थप चर्किएको हो ।

यसअघि प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा पूर्वअर्थसचिव डा. रामेश्वर खनाल, ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई जिम्मेवारी दिने तयारी गरेकी थिइन् । घिसिङ नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् भने अर्याल काठमाडौं महानगरका मेयर बालेन शाहका पूर्व कानुनी सल्लाहकार हुन् ।

तर, अर्यालको नामप्रति देखिएको असन्तोषका कारण अन्तरिम सरकारको मन्त्रीपरिषद् गठन नै अन्यौलमा परेको संकेत देखिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ८ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई