९ पुस २०८२, बुधबार | December 24, 2025

नवनियुक्त तीन मन्त्री कुलमान, रामेश्वर र ओमप्रकाशको सपथग्रहण आज हुँदै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओमप्रकाश अर्याललाई गृह तथा कानून र रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ऊर्जामन्त्री बनेका घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानूनी सल्लाहकारका रुपमा परिचित छन् । यस्तै, अर्थमन्त्री खनाल पूर्व अर्थसचिव हुन् ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी थिइन् । त्यसै दिन साँझ उनले तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ८ : ४१ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

बुटवल औद्योगिक प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक