१८ असार २०८३, बिहिबार | July 2, 2026

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट नियुक्त गरिएका ३ जना नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति समक्ष शपथ लिएका छन् ।

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी भएको शीतल निवासको प्राङ्गणमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणका लागि तयार गरिएको मञ्चमा मन्त्रीहरुले शपथ लिएका हुन् । आज अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ लिएका हुन् ।

यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव यादव, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशबहादुर राउत लगायतको उपस्थिती रहेको थियो ।

खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् भने घिसिङले प्राधिकरणको जिम्मेवारीबाट हटेपछि नागरिकका आवाज उठाउँदै आएका छन् । अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि चर्चामा आएका थिए ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १२ : २६ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका