२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेकाहरूलाई शहीद घोषणा

जेलबाट भाग्ने क्रममा र आगजनी र लुटपातका क्रममा मृत्यु भएकाहरु पनि शहीद ?



काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । जेलबाट भाग्ने क्रममा तथा आगजनी र लुटपातका क्रममा ज्यान गुमाएकाहरुका बारेमा भने सरकारको निर्णयमा स्पष्ट पारिएको छैन ।

गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका शहीदहरुको शोकमा १ असोजमा शोक दिवस मनाउने र सार्वजनिक विदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओढाउने निर्णय समेत भएको छ । बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको  परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ७ : २८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल