काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । जेलबाट भाग्ने क्रममा तथा आगजनी र लुटपातका क्रममा ज्यान गुमाएकाहरुका बारेमा भने सरकारको निर्णयमा स्पष्ट पारिएको छैन ।
गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका शहीदहरुको शोकमा १ असोजमा शोक दिवस मनाउने र सार्वजनिक विदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओढाउने निर्णय समेत भएको छ । बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।


















प्रतिक्रिया