१४ भदौ २०८३, आइतबार | August 30, 2026

जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेकाहरूलाई शहीद घोषणा

जेलबाट भाग्ने क्रममा र आगजनी र लुटपातका क्रममा मृत्यु भएकाहरु पनि शहीद ?



काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । जेलबाट भाग्ने क्रममा तथा आगजनी र लुटपातका क्रममा ज्यान गुमाएकाहरुका बारेमा भने सरकारको निर्णयमा स्पष्ट पारिएको छैन ।

गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका शहीदहरुको शोकमा १ असोजमा शोक दिवस मनाउने र सार्वजनिक विदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओढाउने निर्णय समेत भएको छ । बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको  परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ७ : २८ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा