११ पुस २०८२, शुक्रबार | December 26, 2025

दुई वटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु



कास्की । जेनजी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुईवटा कोठाबाट सेवा सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित सञ्चालन गर्ने उद्देश्यले हाललाई दुई कोठाबाट सेवा सुरु भएको जानकारी दिए । उनले भने, ‘हाल दुईवटा कार्यकक्षबाट सेवा सुरू गरेका छौँ । अन्य कक्ष मर्मतसम्भार हुँदैछन्, सञ्चालन हुने सेवाकाबारेमा सेवाग्राहीलाई पूर्वजानकारी दिँदै जानेछौँ ।’

प्रजिअ शर्माले अहिलेको विषम परिस्थितिमा सम्पूर्ण सार्वजनिक सेवालाई सञ्चालन गर्नु चूनौतीपूर्ण रहेकाले नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सुरु गरिने जानकारी दिए । उनका अनुसार भदौ २४ गते जेनजी प्रदर्शनका कारणमा प्रशासनको भवनमा आगजनी गरिँदा मुख्य भवनसहित सवारीसाधनमा क्षति पुगेको छ ।

पोखरामा जेनजी प्रदर्शनमा आगजनी गरिएका मालपोत, नापी कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीका मुख्य चाप हुने कार्यालयबाट सेवा सुरु हुन सकेका छैनन् ।

ती कार्यालयमा कर्मचारीले दैनिक सरसफाइ गरिरहेका छन् । यसैगरी, पोखरा महानगरपालिकाको सेवासमेत सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ८ : ३० बजे

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा