काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज १६ गते परेको बडादशैंको उत्तम साइत समितले आज सार्वजनिक गरेको हो ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । समितले आज एक सूचना जारी गर्दै २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुने जनाएको छ । ६ गते घटस्थापनामा बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ ।टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।


















प्रतिक्रिया