१० माघ २०८२, शनिबार | January 24, 2026

नेपालसँगको टी-२० सिरिजका लागि वेस्ट इन्डिजको १५ सदस्यीय टिम सार्वजनिक



काठमाडौं । क्रिकेट वेस्ट इन्डिजले नेपालसँग हुने टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । गएराति सार्वजनिक गरिएको टोलीमा क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिइएको छ भने केही अनुभवी खेलाडीलाई विश्राम दिइएको छ ।

नेपालसँगको सिरिजमा वेस्ट इन्डिजको कप्तानी स्पिनर अकील होसेनले गर्ने भएका छन् ।

वेस्ट इन्डिजको टोली :

अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर ।

नेपाल र वेस्ट इन्डिजबीचको यो सिरिज आगामी सेप्टेम्बर २७ देखि २९ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने तय भएको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने नेपाली टोली घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : ०६ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको