३० चैत्र २०८२, सोमबार | April 13, 2026

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता, आवश्यक सहयोग गर्ने चीनको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित चिनियाँ राजदूत छन सोङले बिहीबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङले नेपाललाई आवश्यक परेमा असल छिमेकीको नाताले चीन सधैं सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले नेपालका जनताको चाहनालाई चीनले सदैव सम्मान गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने बताए ।
“नेपाली जनताको चाहनालाई हामी सम्मान गर्छौं,” राजदूत सोङले भने, “सरकारलाई जे आवश्यक पर्छ, असल छिमेकीको हैसियतले हामी सहयोग गर्न तत्पर छौं।”

अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री कार्की र चीनका राजदूतबीच भएको यो पहिलो भेटवार्ता हो ।

यसअघि प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेकी थिइन ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ३ : १५ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका