१८ चैत्र २०८२, बुधबार | April 1, 2026

यसपटक विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छ : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेनजी प्रदर्शनले पुनः जनतामा गएर वैधानिक मार्गबाट निर्वाचित भइ आउने अवसर प्रदान गरेकाले निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

उनले प्रविधिको प्रयोगमार्फत विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने र जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउन पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए। छलफलमा आयोगले हाल गरिरहेको काम र सरकारसँगको अपेक्षा प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ३ : २६ बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध