१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि ३७ वर्षीय कर्णबहादुर तामाङले आक्रमण गरेका हुन् ।

घटनापछि पन्तलाई तत्काल अस्पताल पुर्याइएको र हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आरोपित तामाङ सिन्धुपाल्चोकका बासिन्दा हुन् । उनले मदिरा सेवनपश्चात पन्तको कोठामा प्रवेश गरी खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडित पन्तले भने आफूमाथि किन आक्रमण भयो भन्नेबारे अनविज्ञ रहेको बयान दिएकी छन् । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ३ : ५७ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा