९ पुस २०८२, बुधबार | December 24, 2025

सैनिक ब्यारेकबाट बाहिरिए ओली, गुण्डुमा भाडाको घरमा सरे



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।

जेनजी आन्दोलनको क्रममा सुरक्षा कारण सेनाले उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो । गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी सैनिक ब्यारेकमै बस्दै आएका थिए ।

सुरक्षा निकायका अनुसार ओली हाल भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँका लागि विशेष रूपमा भाडाको घर व्यवस्थापन गरिएको छ । यसअघि बालकोटस्थित उनको निजी निवास प्रदर्शनकारीले आगजनी गरी नष्ट गरेका थिए ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा ओलीलाई गुण्डु सारिएको हो । बस्नेतले ओलीलाई भव्य कार्यक्रममार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको समेत बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ६ : ४० बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण