५ श्रावण २०८३, मंगलबार | July 21, 2026

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन् ।

संविधान दिवस–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

मुख्यमन्त्री आचार्यले संविधानले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई अङ्गीकार गर्दै नागरिकका मौलिक हक–अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानुनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको उद्देश्यलाई अघि सारेको स्मरण गराएका छन् ।

प्रदेश सरकारले संविधान, दिगो विकास लक्ष्य, अन्तरराष्ट्रिय प्रतिबद्धता र दोस्रो आवधिक योजनालाई आधारमानी नीतिगत, संरचनात्मक र कानुनी सुधारका कार्य अघि बढाइरहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पारेका छन् । सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेही कार्यशैली र नागरिकका गुनासाहरूको समयमै सम्बोधनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइसकेको बताउँदै उनले युवा पुस्ताको चाहनाअनुरूप प्रदेश सरकार थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढ्नेमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

संविधान दिवसले आपसी एकता, सहकार्य र समन्वयमा जोड दिन प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी र खुसी नागरिकको यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिताको समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ०७ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको