१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी



एजेन्सी । रुसको कामचत्काको पूर्वी तटमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार बिहान ७.८ म्याग्निच्युडको भूकम्पपछि लगातार पाँच वटा पराकम्प गएको र तीमध्ये केही ५.८ म्याग्निच्युडसम्म पुगेको बताइएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । समुद्री तटमा ३० देखि ६२ सेन्टिमिटरसम्म उचाइका लहर देखिएका छन् । यद्यपि अहिलेसम्म ठूलो क्षतिको विवरण आएको छैन ।

कामचत्काका गभर्नर भ्लादिमिर सोलोदोभले सबै आपतकालीन सेवालाई उच्च सतर्कतामा राखिएको बताए । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पेट्रोपावलोभ्स्क-कामचत्स्की शहरदेखि करिब १२८ किलोमिटर टाढा र जमिनको सतहदेखि १० किलोमिटर मुनि रहेको थियो ।

रुसको स्टेट जियोफिजिकल सर्भिसले प्रारम्भिक रूपमा भूकम्पलाई ७.८ म्याग्निच्युड भने पनि पछि ७.४ म्याग्निच्युडमा संशोधन गरिएको जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घरभित्र फर्निचर र बिजुलीका बल्ब हल्लिएको, सडकमा गुडिरहेका कारसमेत शक्तिशाली कम्पनले प्रभावित भएको देखिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १२ : १४ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र