७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी



एजेन्सी । रुसको कामचत्काको पूर्वी तटमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार बिहान ७.८ म्याग्निच्युडको भूकम्पपछि लगातार पाँच वटा पराकम्प गएको र तीमध्ये केही ५.८ म्याग्निच्युडसम्म पुगेको बताइएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । समुद्री तटमा ३० देखि ६२ सेन्टिमिटरसम्म उचाइका लहर देखिएका छन् । यद्यपि अहिलेसम्म ठूलो क्षतिको विवरण आएको छैन ।

कामचत्काका गभर्नर भ्लादिमिर सोलोदोभले सबै आपतकालीन सेवालाई उच्च सतर्कतामा राखिएको बताए । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पेट्रोपावलोभ्स्क-कामचत्स्की शहरदेखि करिब १२८ किलोमिटर टाढा र जमिनको सतहदेखि १० किलोमिटर मुनि रहेको थियो ।

रुसको स्टेट जियोफिजिकल सर्भिसले प्रारम्भिक रूपमा भूकम्पलाई ७.८ म्याग्निच्युड भने पनि पछि ७.४ म्याग्निच्युडमा संशोधन गरिएको जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घरभित्र फर्निचर र बिजुलीका बल्ब हल्लिएको, सडकमा गुडिरहेका कारसमेत शक्तिशाली कम्पनले प्रभावित भएको देखिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १२ : १४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज