नेपालगन्ज । संविधान दिवसको अवसरमा नेपाली कांंग्रेस बाँकेले मानव सेवा आश्रम नेपालगन्जलाई खाद्यान्न उपलब्ध गराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार कांग्रेस बाँकेले मानव सेवा आश्रम नेपालगन्जलाई खाद्यान्न सहयोग गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौंडेल लुम्बिनी प्रदेशका सांसद एवम संविधान सभा सदस्य बादशाह कुर्मी, जिल्ला उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण कार्की लगायतले मानव सेवा आश्रमका संयोजक उर्बिन सापकोटालाई खाद्य समाग्री हस्तान्तरण गरेका थिए ।
सो क्रममा केही थान मास्क र ग्लोब्स पनि आश्रमलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताले नेपालको संविधान २०७२ जारी गर्नमा नेपाली कांग्रेसका पुर्बसभापति एवम पुर्बप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको योगदानलाई कसैले बिर्सन नहुनेमा जोड दिए । संविधान जारी गर्नमा स्वर्गिय कोइरालाले पार्टी भन्दा माथी उठेर सबैको प्रतिनिधित्व गराएको बताए । उनले कुनैपनि बहानामा संविधान मास्न नहुने बताए


















प्रतिक्रिया