१४ भदौ २०८३, आइतबार | August 30, 2026

शेखर कोइराला भन्छन् : ‘अब मुलुकलाई निकास दिने एक मात्र बाटो निर्वाचन’



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई वर्तमान अवस्थाबाट निकाल्ने एक मात्र उपाय आगामी निर्वाचन भएको बताएका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रपतिले संविधानलाई केही हदसम्म आघात पुर्‍याएर भए पनि मुलुकलाई निकास दिनुभएको छ । अब चुनावमा जानेबाहेक विकल्प छैन ।”

कोइरालाले कांग्रेस कार्यकर्तालाई चुनावी तयारीमा जुट्न आह्वान गर्दै लोकतन्त्रको पुनर्स्थापनाका लागि आफू निरन्तर सक्रिय रहने बताए । उनका अनुसार, अब पार्टीले ठोस निर्णय गर्दै अघि बढ्नुपर्ने समय आएको छ ।

उनले कोइराला निवासले विगतमा जस्तै लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्न योगदान दिइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही ध्येयसहित अघि बढ्ने दृढता व्यक्त गरे । कोइराला निवासलाई जेनजी आन्दोलनकारीको नाममा बिध्वंसाकारीले आगो लगाएर ध्वस्त बनाएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १ : २१ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज