१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मधेस प्रदेश सरकारका सेवा दसैँपछि पूर्ण रुपमा सञ्चालन हुने



जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले दसैं पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् ।

स्रिंहले आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।

सुरक्षामा क्रमिक रुपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु आउन सुरु गरिसकेको उनको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उनले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए ।

प्रदेशसभा भवनसहित मन्त्रालयहरुको क्षति भएको संरचनाहरुको मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । मधेस प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय , ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो । साथै सवारीसाधनहरु पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरु पनि लुटपाट भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  २ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा