काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाए बापत प्रदेश समन्वय विभागमा थन्क्याइएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो ।
केसी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरि अनुसन्धान थालेको र शेरबहादुर देउवा पत्नी आरजु देउवा राणालाई पक्राउ गर्ने चर्चा चलेसँगै तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका दबाबका कारण केसीलाई जिम्मेवारीबाट हटाएको थियो ।
केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।


















प्रतिक्रिया