२० मंसिर २०८२, शनिबार | December 7, 2025

गैर–दलीय मन्त्री नियुक्त गर्न प्रधानमन्त्री कार्कीले गरिन् थप ५ जनाको नाम सिफारिस



काठमाडौं । दलभन्दा बाहिरबाट मन्त्रिमण्डल बनाउने बताएकी प्रधानमन्त्री सुशीला कार्कीले दलगत सक्रियतामा नदेखिएका थप पाँच जना मन्त्रीको नाम नियुक्तिका लागि सीतलनिवास पठाएकी छन् ।

आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बताइएको छ । बालुवाटार श्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा स्वास्थ्य मन्त्रालय मै अतिरिक्त सचिव रहेकी डा. संगीता कौशल मिश्र सिफारिस भएकी छन्। सिफारिससँगै उनले उक्त पदबाट राजीनामा समेत दिएकी छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई दिइने भएको छ भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा इमेज मिडिया ग्रुपका समाचार प्रमुख जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ।

त्यस्तै, कृषिमन्त्रीमा मदन परियार र उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हाको नाम सिफारिस गरिएको बताइएको छ । नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : २२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल