६ श्रावण २०८३, बुधबार | July 23, 2026

वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न नेपाली टोली यूएई जाँदै



काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोली आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन । विश्व विजेता वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्न टोली यूएई जान लागेको हो ।

नेपाल क्रिकेट सङ्घ ९क्यान०का प्रवक्ता छुमी लामाका अनुसार नेपाली टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई जाँदैछ । यसअघि शुक्रबार नै प्रस्थान गर्ने तयारी भए पनि भिसा नपाउँदा टोलीको यात्रा स्थगित भएको थियो । आइतबार प्रवेशाज्ञा प्राप्त भएपछि टोली आज प्रस्थान गर्न लागेको हो ।

नेपालले यूएईमा आयोजना हुने युनिटी कल टी-२० इन्टरनेशनल प्रतियोगितामा भाग लिनेछ । सो प्रतियोगिता अन्तर्गत नेपालले वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेलेर प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र वेस्ट इन्डिजबीच पहिलो खेल असोज ११ गते हुनेछ भने दोस्रो खेल असोज १३ गते र अन्तिम अर्थात् फाइनल खेल असोज १४ गते हुने जनाइएको छ । नेपाली टिमको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ७ : ४८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क