काठमाडौं । नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजे उनीहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्रीको सिफारिसअनुसार पुनलाई शिक्षा मन्त्रालय, सिन्हालाई कानुन, उद्योग, वाणिज्य तथा भूमिसुधार मन्त्रालय, परियारलाई कृषि मन्त्रालय, मिश्रलाई स्वास्थ्य मन्त्रालय र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।



















प्रतिक्रिया