२० भदौ २०८३, शनिबार | September 5, 2026

एसिया कप : पाकिस्तानलाई ६ विकेटले हराउँदै भारत विजयी



काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । गएराति संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

यसअघि समूह चरणको खेलमै पाकिस्तानलाई हराएको भारतले सुपर फोरमा पनि दोस्रो पटक विजयी नतिजा निकाल्दै दुई अंक जोडेको छ ।

भारतका लागि अभिषेक शर्माले शानदार अर्धशतक प्रहार गर्दै ३९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रन बनाए । शुभमन गिलले ४७, तिलक बर्माले ३० र सञ्जु श्यामसनले १३ रनको योगदान दिए । पाकिस्तानका बलरहरूमध्ये हरिस राउफले २ विकेट, अब्राहम र फहम आस्रफले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । पाकिस्तानका लागि साहिबजादा फरहानले ५८ रनको अर्धशतक प्रहार गरे भने सायम अउब र मोहमद नवाजले समान २१-२१ रन जोडे ।

भारतको बलिङमा शिभम दुवेले २ विकेट, कुलदीप यादव र हार्दिक पाण्ड्याले एक-एक विकेट लिए भने जसप्रित बुम्राह विकेटबिहीन भए ।

यसअघि भएको सुपर फोरको अर्को खेलमा बंगलादेशले श्रीलंकालाई हराउँदै दुई अंक जोडिसकेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ३८ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २