७ आश्विन २०८३, बुधबार | September 23, 2026

सनत रचना कथा सम्मानबाट ‘बहुरुपी’का लेखक सुवेदी सम्मानित



नेपालगन्ज । मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथा संग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ । नेपालगन्जमा एक कार्यक्रमका बीच स्रष्टा समाजले कथाकार सुवेदीलाई सम्मान गरेको हो । प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीरेन्द्र जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई नगद ११ हजार एक सय ११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कथासंग्रह र कथाकाररुलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथासंग्रह मध्ये छनौट समितिले उत्कृष्ट ठहर्याएको कथासंग्रह ‘बहुरुपी’ लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार सनत रेग्मीले जानकारी दिए । रेग्मीले आफू र आफ्‌नी धर्मपत्निको नाममा उक्त सम्मान स्थापना गरेका हुन् ।

कार्यक्रममा सम्मानित कथासंग्रहमाथि आफ्‌ना पाठकीय धारणा राख्दै डम्मर बिसीले लेखको पहिलो कथासंग्रहमै प्रभावशाली भाषाशैली र विषयवस्तुको बलियो पकड रहेको भन्दै कथाकार सुवेदीमा राम्रा कथा लेख्नसक्ने क्षमता देखिएको बताए । साथै उनले कथाहरुमा देखिएको फिल्मी शैली र छायाँलाई कम गर्दै लैजान सुझाव पनि दिए ।

कार्यक्रममा आफ्‌नो मन्तव्य राख्दै लेखक सुवेदीले आफ्‌नो जीवनको पहिलो सम्मान र पुरस्कार प्राप्त गरेकोमा सुखी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले सम्मानपछि थप उत्कृष्ट रचनाहरुका लागि प्रेरणा लिन लेखकलाई सुझाव दिए । स्रष्टा समाजका अध्यक्ष जैसीले आगामी दिनमा सम्मान प्रदान गर्दा थप गुणस्तरीय पुस्तक वा लेखकलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, प्रगतिशिल लेखक संघका सचिव हरि तिमिल्सेना र साहित्यकार कल्पना पौडेल ‘जिज्ञाशु’ले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बहुरुपी कथासंग्रहमा सामाजिक भेदभाव, आर्थिक असमानता, सांस्कृतिक संघर्ष र मानवीय संवेदनाहरूमा आधारित १५ वटा कथाहरु रहेका छन् । २०८१ सालमा प्रकाशित कथा संग्रहहरुमध्ये सर्वाधिक चर्चामा रहेको उक्त कथा संग्रह मदन पुरस्कारका लागि संक्षिप्त सूचीको उत्कृष्ट ७ भित्र र पद्मश्री साहित्य पुरस्कारको छ्नौटका लागि उत्कृष्ट १५ वटा पुस्तकहरुको सुचीभित्र पनि अटाएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ०८ बजे

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु