५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ



काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड एसएलआरको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर गढी गाउँपालिका–८ घर भई हाल तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर तथा रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बोहरेटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन् ।

उनले भनिन्, “हिराबहादुरले पार्किङ गरी राखेको बा प्र ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सीमा तलासी गर्दा डिक्की भित्र लुकाइ राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी दुई जनालाई पक्राउ गरिएको हो ।”

हिराबहादुर मगरलाई हिजो र लक्ष्मण श्रेष्ठलाई आज पक्राउ गरिएको र उनीहरुको साथबाट प्रहरीले पेस्तोल सात थान, म्याग्जिन ६ थान, एसएलआर राईफलमा प्रयोग हुने गोली ३३ राउण्ड, ‘वाकीटकी ह्याण्ड सेट’को ब्याट्री एक थानलगायतका सामान बरामद गरिएको प्रवक्ता चन्दले बताइन् ।

फेला परेको उक्त हतियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ४७ बजे

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को