१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

जवाङ खोलाको पहिरो पन्छाउन अझै घण्टौं लाग्ने, यातायात सेवा अस्तव्यस्त



काठमाडौं । पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डमा पहिरोका कारण गएरातिदेखि यातायात अवरुद्ध बनेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सोमबार मध्यराति खसेको सुख्खा पहिरो हटाउन अझै करिब पाँच घण्टा लाग्ने भएको सडक योजनाले जनाएको छ।

बिहानतिर पहिरो पन्छाएर बाटो एकतर्फी खोल्ने प्रयास भएपनि फेरि ठूलो पहिरो खस्दा काम प्रभावित भएको हो। अहिले चारवटा उपकरण प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको छ । लगातार पहिरो झरिरहेको हुँदा काम थप चुनौतीपूर्ण बनेको छ।

मध्यरातिदेखि अवरुद्ध हुँदा यात्रुवाहक सवारी साधन सडकमै रोकिएका छन्। यस राजमार्गको विकल्पमा अर्को कुनै सडक पनि छैन जसका कारण ठूला बसमा रहेका यात्रुहरु अलपत्र परेका छन् । केही साना सवारीहरु भने वैकल्पिक रुपमा फुर्केखोला, धादिङबेसी, आरूघाटको लामो, साँघुरो र घुमाउरो सडक प्रयोग गरेका छन् ।

मुग्लिन नारायणघाट सडकखण्डको तुइनखोलामा पहिरो जाँदा ४५ घण्टासम्म अवरुद्ध बनेको सडकमा जवाङ खोलाको पहिरो थप कहर बनेको छ । जसका कारण राजधानी जोड्ने मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ । जवाङ र तुइन खोलामा दुवैतर्फ अवरोध हुँदा आवागमन अस्तव्यस्त बनेको छ।

तुइन खोलाको पहिरो पनि अझै खतरनाक रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : ०५ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको