२० माघ २०८२, मंगलबार | February 3, 2026

मुख्यमन्त्री आचार्यले गरे बाँकेमा प्रभावित कार्यालयहरुको अनुगमनमा



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन जी आन्दोलनका क्रममा आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिएका छन् । मंगलबार उनले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गरेका छन् । यसअघि अर्घाखाँची, प्यूठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरुको पनि अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा बाँकेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताए ।ञकतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं । जेन जी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । जनतालाई दैनिक आवश्यक पर्ने कागजात र लगतहरू जलाउने काम भएको छ । यसरी सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्य अत्यन्त खेदजनक छझउनले भने (ञ यसले भोलि लाभग्राही जनतालाई नै समस्या सिर्जना गर्ने देखिन्छ ।झ

जेन जी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १२ : २७ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि