५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

प्रहरीको हत्या अभियोगमा एक जना पक्राउ



काठमाडौं । प्रहरीले गत भदौ २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौँ बालुवाटारस्थित एक मासु पसलमा काम गर्ने २५ वर्षीय युवराज क्याप्छाकी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन् ।

उनले भनिन्, “क्याप्छाकीले गत भदौ २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो सार्वजनिक भएको र सोही भिडियोको आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका क्याप्छाकी विरुद्ध जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : ४१ बजे

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को