२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

मुग्लिन-नारायणगढ सडकखण्ड आज दिनभर बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड आज दिनभर बन्द रहने भएको छ । हिजो दिउँसोदेखि अवरुद्ध बनेको सडक आज पनि खुल्ने सम्भावना नदेखिएको चितवन सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हिजो दिउँसो करिब ४ः५० बजे तुइन खोला पुलनजिकै ठूलो पहिरो खस्दा सडक आवागमन पूर्ण रूपमा बन्द भएको हो । “पहिरो पन्छाउन कम्तीमा आज दिनभर लाग्ने भएकाले सडक बन्द नै रहनेछ,” कार्यालयले जनाएको छ ।

बारम्बार पहिरो खस्ने घटनाले यात्रुहरूलाई निरन्तर समस्या परेको भन्दै डिभिजन कार्यालयले सम्पूर्ण सवारीधनी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ३० बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम