२९ भदौ २०८३, सोमबार | September 15, 2026

आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु



सिमकोट । भौगोलिक रुपमा विकट हुम्लाको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायक्तु भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो । दुई तलाको नयाँ वडा कार्यालय भवनमा आठ वटा कोठा रहेको वडाध्यक्ष कमल बुढाले जानकारी दिए ।

यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा असजिलो हुने गरेकामा नयाँ र सुविधासम्म भवन निर्माण पछि सहज भएको उनले बताए ।

यसैगरी छिमेकी नाम्खा गाउँपालिकाले सहयोग गरेको सौर्य ऊर्जाले काम गर्न झनै सहज बनाएको उनको भनाइ छ । विद्युत्को व्यवस्था भएपछि केही दिन अगाडिदेखि इन्टरनेट सेवा पनि जडान गरिएको छ । हाल वडा कार्यालयमा एक वडा सचिव र दुई जना कार्यालय सहयोगी कार्यरत छन् ।

सो वडाका सेवाग्राही जैमल बुढाले नयाँ भवनदेखि सेवा प्रवाह हुन थालेपछि सजिलो अनुभव गरेको बताए। यो भवन रु ७४ लाखमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : ३१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ