१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु



सिमकोट । भौगोलिक रुपमा विकट हुम्लाको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायक्तु भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो । दुई तलाको नयाँ वडा कार्यालय भवनमा आठ वटा कोठा रहेको वडाध्यक्ष कमल बुढाले जानकारी दिए ।

यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा असजिलो हुने गरेकामा नयाँ र सुविधासम्म भवन निर्माण पछि सहज भएको उनले बताए ।

यसैगरी छिमेकी नाम्खा गाउँपालिकाले सहयोग गरेको सौर्य ऊर्जाले काम गर्न झनै सहज बनाएको उनको भनाइ छ । विद्युत्को व्यवस्था भएपछि केही दिन अगाडिदेखि इन्टरनेट सेवा पनि जडान गरिएको छ । हाल वडा कार्यालयमा एक वडा सचिव र दुई जना कार्यालय सहयोगी कार्यरत छन् ।

सो वडाका सेवाग्राही जैमल बुढाले नयाँ भवनदेखि सेवा प्रवाह हुन थालेपछि सजिलो अनुभव गरेको बताए। यो भवन रु ७४ लाखमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा