६ आश्विन २०८३, मंगलबार | September 22, 2026

मन्त्री घिसिङसँग अमेरिकी राजदूतको शिष्टाचार भेट



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले अहिलेकोे सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, निर्वाचन र सुशासन कायम गर्नु रहेको बताए ।
राजदूत थम्पसन अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गरे ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : ०७ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ ९इयु०की कार्यकारी