२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

पत्रकार महासंघ बाँके शाखाको छुट्टै वेवसाइट सञ्चालनमा



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । जिल्ला शाखा बाँकेले आफ्नो छुट्टै वेबसाइटको बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा शाखाको नेपालगञ्ज(४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमका बीच वेवसाईट शुभारम्भ गरिएको हो । वेवसाईटको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइटको शुभारम्भ गरे ।

बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले नजिकिएका चाडपर्वहरुले सत्प्रेरणा र सकारात्मकता बृद्धिका लागि प्रेरित गर्ने विश्वास ब्यक्त गरे । समाजमा नकारात्मकता बढिरहेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि चौलागाईले बाँके शाखाले लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट शुभारम्भ गरेर अब्बलता देखाएको भन्दै वेबसाइटको निरन्तरता र अद्यावधिकमा ध्यान दिनुपर्ने बताए । उनले बाँके शाखाले उत्कृष्ट र सिर्जनात्मक गतिविधि गरिरहेको बताउँदै साधारण सदस्यता नवीकरण विवरण पठाउने सन्दर्भमा पनि बाँके पहिलो रहेको उल्लेख गरे । चौलागाईले पत्रकारिताप्रतिको विश्वासलाई जोगाइराख्न सबै पत्रकारहरु गम्भीर तथा कर्मशील हुनुपर्नेमा जोड दिए ।

शाखा अध्यक्ष गिरीले वेबसाइट सञ्चालन गरेर डिजिटलाइजेशनलाई प्रबद्र्धन गरेको बताए । उनले शाखाको आन्तरिक जीवन र गतिविधिलाई डिजिटल र पारदर्शी बनाउन वेबसाइट सञ्चालन गरिएको बताए । गिरीले साधारण सदस्यहरुको विवरण पनि वेबसाइटमा राखिने जानकारी दिए । उनले सत्कर्म र सत्अभ्यासमार्फत बाँकेको पत्रकारितालाई नमुनायोग्य बनाउन प्रत्येक पत्रकारले गम्भीरतापूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय प्रेम केसी र निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँकेका सहसचिव सन्तोष विष्ट, क्रियाशील पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा सह(सचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

वेबसाइट डिजाइन र विकास गरेको सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अर्सद कमल सिद्दिकीले वेबसाइटमा भएका फिचरबारे जानकारी गराएका थिए । उनले उन्नत वेबसाइट बनाइएको जानकारी गराउँदै अहिले सुरुवात गरिए पनि डाटा अपडेट गर्न अझै बाँकी रहेको र काम भइरहेको बताए । बाँके शाखाको विवरण www.fnjbanke.org.np लगअन गरेर हेर्न र पढ्न सकिने अध्यक्ष गिरीले बताए।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : ४८ बजे

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत