काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।
प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्। उनले सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने बताइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्।
बिहीबार ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने जनाइएको छ ।
जेनजी प्रदर्शनको बलमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।


















प्रतिक्रिया