३१ असार २०८३, बुधबार | July 15, 2026

ओली, लेखक र गुरुङलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित ओली क्याबिनेटका तीन मन्त्रीलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन माग गरेको छ।

मंगलबार र बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ जेनजी आन्दोलनमाथि दमन गर्ने मुख्य ब्यक्ति भएको भन्दै तीनैजनालाई तत्काल राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन सरकारको ध्यानाकर्षण गराएको हो।

‘भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने।’ बैठकपछि रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रास्वपाको बैठकले २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने पनि निर्णय गर्नुका साथै जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्ति सम्बन्धी सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

आफ्ना सभापति रवि लामिछानेलाई नक्खू कारागारबाट भगाउने लगायतका गतिविधिमा आफ्ना सदस्य संलग्न भए नभएकोबारे पनि रास्वपाले आन्तरिक समिति बनाए छानबिन गर्ने भएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १० : २९ बजे

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ बागखोरका पहिरो विस्थापित