१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

ओली, लेखक र गुरुङलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित ओली क्याबिनेटका तीन मन्त्रीलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन माग गरेको छ।

मंगलबार र बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ जेनजी आन्दोलनमाथि दमन गर्ने मुख्य ब्यक्ति भएको भन्दै तीनैजनालाई तत्काल राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन सरकारको ध्यानाकर्षण गराएको हो।

‘भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने।’ बैठकपछि रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रास्वपाको बैठकले २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने पनि निर्णय गर्नुका साथै जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्ति सम्बन्धी सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

आफ्ना सभापति रवि लामिछानेलाई नक्खू कारागारबाट भगाउने लगायतका गतिविधिमा आफ्ना सदस्य संलग्न भए नभएकोबारे पनि रास्वपाले आन्तरिक समिति बनाए छानबिन गर्ने भएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १० : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले